गाजामा इजरायली आक्रमण :५० प्यालेस्टिनीको मृत्यु

santan ads

गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ। उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायल रक्षा बलले जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरेको बताएको छ। इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक पारिवारिक घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ। यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ।

Scroll to Top