गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

santan ads

नयाँलिपिः पोखरा महानगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् ।

मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् ।

“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुने छ । म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन् ” उनले थपे –“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञले हामी अत्यन्तै खुशी छौं । यो बेला साथ र सहयोग नगरे हामी सबैको लागि ठूलो भुल हुने छ ।”

त्यस्तै उनले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने पनि बताएका छन् ।

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यू ले कथा प्रवचन गरिरहेकी छन् ।

त्यस्तै सुप्रिया किशोरी लगायत व्यक्तिहरुले प्रवचन गरिरहेका छन् । पछिल्लो समय भक्तजन, दानवीरदाताहरुको पनि उपस्थित बाक्लिदै छ ।

Scroll to Top