पोखरामा ‘एनएचएनबि’को आउटलेट खुल्यो

santan ads

पोखरा – पोखरामा ‘एनएचएनबि’ब्राण्डको आउटलेट सञ्चालनमा आएको छ । पोखराको चिप्लेढुगां स्थित सुन्दर मार्गमा आज (सोमबार) बाट एनएचएनबिको आउटलेट सञ्चालनमा आएको हो ।

यो एनएचएनबिको तेस्रो आउटलेट हो । उक्त आउटलेटको आज पुजापाठ गरि औपचारिक उद्धघाटन गरेको हो ।
यस अघि काठमाडौंमा दुईवटा आउलेट रहेका भए पनि काठमाडौं बाहिर यो नै पहिलो आउटलेट भएको एनएचएनबि पोखरा आउटलेटका संचालक विद्या मर्सानीले बताए ।

आजबाट सुरु भएको आउटलेटमा पार्ईने क्लोदिङ स्टोर्समा गुणस्तरीय सामान सस्तो मुल्यमा पाईने संचालकहरुले जनाएका छन । पोखराबासीकोे माग र आवश्यकतालाई मध्यनजर गर्दे एनएचएनबिको आउटलेट संचालनमा ल्याएको अर्का संचालक आकाश श्रेष्ठ बताए ।

‘एनएचएनबि ब्राण्डका सामाग्री बजारको आवश्यकता अनुसारको उत्पादन गर्दे जाने छौ ।’ श्रेष्ठ भने ।

यस व्यापारमा लगानी अहिले ठ्याक्कै यति नै भन्ने नजनाए पनि आवश्यकता हेरि लगानी बढाउदै जाने उनीहरुको सोच रहेको छ । यस ब्राण्डको सामाग्री मूल्य ४ सय देखि ३ हजार सम्मको रहेका छन ।

Scroll to Top