शिक्षक आन्दोलनको असर पोखरामा, भोलीबाट पढाई नहुने

santan ads

नयाँलिपिः विभिन्न मागसहित काठमाण्डौंमा जारी शिक्षक आन्दोलनको प्रभाव पोखरामा पनि देखिएको छ ।

शिक्षक आन्दोलनका कारण पोखरा महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै विद्यालयको पठनपाठन स्थगित गरेको छ ।

भोली सोमबारदेखि पठनपाठन सुरू गर्ने शैक्षिक क्यालेण्डर रहेकोमा वैशाख ११ बाट सुरू गर्न महानगरपालिकाले आइतबार सबै विद्यालयलाई सूचनामार्फत अनुरोध गरेको छ ।

‘विद्यालयहरुको भर्नालगायत अन्य पूर्वाधारको व्यवस्थापन गर्न समय अभावका कारण २०८२ वैशाख ११ गते बिहीबारबाट नियमित पठनपाठन सूचारु गर्नु–गराउनुहुन सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार कुनै विद्यालयमा पढाइ हुने, कुनैमा शिक्षक नहुँदा विद्यार्थीलाई असर पर्ने सम्भावना देखेर पठनपाठन वैशाख ११ सम्म स्थगित गरिएको हो ।

संस्थागत र सामुदायिक विद्यालयमा एकैपटक पढाइ सुरू गर्ने उद्देश्यका कारण सूचना निकालिएको महाशाखाले बताएको छ ।

पोखराका अधिकांश संस्थागत विद्यालयले भर्ना अभियान सकिसकेका छन् । सामुदायिक विद्यालयले भर्ना लिइरहेकोमा शिक्षक नहुँदा प्रभावित हुने भएपछि पठनपाठन स्थगित गरिएको हो ।

Scroll to Top