नयाँलिपिः पोखराको बिरौटामा सञ्चालन भइरहेको गण्डकी कोटिहोम महायज्ञ मा आयोजित श्रीमद्भागवत कथा प्रवचनमा भक्तजनलगायत स्थानीयवासी र राजनीतिक व्यक्तिको सहभागिता बढ्दै गएको छ ।
शनिबारदेखि देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वडा २ काअध्यक्ष दिवशमान प्रधानाङ्ग सहभागी भएका छन् । अध्यक्ष दिवशमान प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन् ।
त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई रहेको छ ।
“कोटिहोम महायज्ञ जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो” प्रधानाङ्गले भने “पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ । ”
आज देवी प्रतिभा जी, आचार्य शिततल कृष्ण महाराज लगायतले कथा प्रवचन गरेका थिए ।