आज पोखरामा भएको दन्त शिविरमा १२५ जनाले स्वास्थ्य सेवा लिए

santan ads

पोखरा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो ।

मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा दातलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको थियो । सेन्टरकी प्रशिक्षक दशमी गुरुङले स्वस्थ रहन मुख, गिजा र दाँत सफा राख्नु पर्ने बताइन् । उनले मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत रहेको बताइन् ।

दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ नहुने उनको भनाई छ । दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नु पर्ने उनको भनाई छ ।

शिविरमा सबै भन्दा बढि दाँतमा किरा लागेका विरामीहरु आएको सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर बरालले बताए । उनले किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या भएका विरामी धेरै आएको बताए ।

शिविरमा स्वदेशी तथा विदेशी नागरीकले स्वस्थ्य सेवा लिएका थिए । नेपालमा दाँतको समस्या भएका विरामी धेरै हुने भएकाले आफुहरुले शिविर राखेको लियो क्लब अफ संगमका अध्यक्ष सगुन पौडेलले बताए ।

शिविरको उद्घाटन कार्यक्रममा लायन्सका पुर्व गर्भनर दिपक श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, सामुदायीक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पुर्व अध्यक्ष पम्फा पहारी, लियो क्लब अफ संगमका सचिब आरम्भ पहारी लगाएतले लायन्स, सामुदायीक प्रहरी र मुख, गिजा र दाँतको सफाइका बारेमा चर्चा गरेका थिए ।

उनीहरुले दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने बताएका थिए । शिविरमा डाक्टर विनिता ढुङ्गाना, आरडिएच सुनिल घले, अन्जली गुरुङ, रेजिया लगाएतले शिविरमा सेवा प्रदान गरेका थिए ।

Scroll to Top