पोखरा स्पोर्टस् अवार्डलाई मदन भण्डारी स्पोर्टस् एकेडमीको साथ

santan ads

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई मदन भण्डारी स्पोर्टस एकेडेमीले साथ दिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई एकेडेमीले सहयोग बापत १ सय थान टिर्सट उपलब्ध गराउने भएको छ । शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्चले जनाएको छ ।

एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकाडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको आचार्यले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहने अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्डेड गरिने छ । जस मध्य उदीयमान खेलाडी विधा सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । त्यस्तै जिल्ला एथ्लेटिक संघ कास्कीका ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको संस्था देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।

Scroll to Top