नयाँलिपिः गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘ पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य हुँदैन ।’
ठुलो बलिदानी पूर्ण सङ्घर्षबाट अहिलेको संविधान प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँबाट तयार हुनुपर्ने बताए ।
अहिलेको संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘यहाँ सात दशकको अन्तरालमा सात वटा संविधान बनेको छ, पटक पटक संविधान बन्नु राम्रो होइन ।’
संविधान विरोधी गतिविधिका माध्यमबाट हत्या हिंसालाई प्रश्रय दिने र संविधान फाल्छु भन्ने अराजक गतिविधि गरिए कारबाही गरिने चेतावनी दिए ।