काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवन प्लेअफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।
पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै आठ अङ्क रहेको काठमाण्डौ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाण्डौ बाहिरिएको हो ।
भोलि ललितपुर सिटी एफसी र धनगढी भिड्नेछन् ।