नयाँलिपिः नेपालस्थित अमेरिकी दूतावासले नेपालीकालागि भिसासम्बन्धी यथेष्ठ जानकारीमूलक सूचना दिएको छ ।
दूतावासले भिसा निवेदन गर्दा झुठा विवरण र नक्कली कागजात पेश नगर्न भनेको छ । त्यस्तै, भिसा अवधि सकिएपछि अमेरिका छाड्न भन्दै अन्यथा दण्डित गरिने जनाएको छ ।
सामाजिक सञ्जालमार्फत दूतावासले यस्तो भनेको छः
अमेरिकी भिसा प्रक्रिया विश्वमै सबैभन्दा सुरक्षित छ ।
तथापि कतिपय व्यक्ति नक्कली कागजात प्रयोग गरेर, भिसा निवेदनमा झुटा विवरण भरेर अथवा भिसाको अवधि सकिएपछि पनि अमेरिकामै रहेर उक्त प्रणालीविरुद्ध छल गर्ने अविवेकपूर्ण प्रयास गर्छन्। यो भिसासम्बन्धी ठगी र एउटा गम्भीर अपराध हो।
भिसासम्बन्धी ठगी गर्नेलाई दण्डित गरिनेछ र उसलाई अमेरिका प्रवेश गर्ने अनुमति फेरि कहिल्यै पनि नदिइने हुनसक्छ।
