कोटीहोम महायज्ञः बिरौटमा भूमि पूजा, बाराहीघाटमा क्षमा पूजा

santan ads

नयाँलिपिः मानवसेवा फाउण्डेशनले पोखरामा आयोजना गर्न लागेको गण्डकी कोटीहोम महायज्ञको औपचारिक सुरुवात गरेको छ ।

आज महायज्ञस्थल बिरौटामा आयोजक फाउण्डेशनले धार्मिक एवं वैदिक विधिद्वारा भूमिपुजन गरेको छ । बिहान ११ बजेर ११ मिनेटमा निस्किएको साइतअनुसार सम्पूर्ण कर्म सुरु गरिएको फाउण्डेशनले जनाएको छ ।
‘ऐ

तिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२’ नाम दिइएको पूजनमा वडा १७ का अध्यक्ष राधिकाकुमारी शाही, नेपाली कांग्रेसका नेता कृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

पूजन समारोहमा स्थानीयवासी, आमा समूह, टोल विकास संस्थाहरुले शोभायात्रासहित महायज्ञस्थलमा उपस्थिति जनाएका थिए ।

भूमि पूजनसँगै हवनस्थलहरुमा पनि पूजाआजा गर्दै महायज्ञकादौरान शान्ति स्वस्तीको कामना गरिएको छ ।

यसैबीच, बिहान भूमि पूजनपछि फाउण्डेशनका संस्थापक विजय कृष्णमूर्तिले यसअघि भूमि पूजन गरिएको स्थल लेकसाइडको बाराहीघाटमा पनि क्षमापूजा गरेका छन् ।

‘यसअघि बाराहीघाटमा क्षमापूजाका दौरान भएको त्रूटीकालागि मातृभूमिसँग क्षमा याचना गर्दै क्षमा पूजा गरिएको हो’ संस्थापक विजय कृष्णमुर्तिले भने ।

फाउण्डेशनले बैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना गर्ने कोटीहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारेको छ ।

Scroll to Top