स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड विजयी भएको छ । गए राति भएको खेलमा एट्लेटिकोले भालाडोलिडविरुद्ध ४–२ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो ।
एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औँ र ७१औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दा भालाडोलिडका ममदोउ सिलाले २१औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए ।
त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औँ र एलेक्जेन्डर सरलोथले ७९औँ मिनेटमा गोल गरेका थिए । उता भालाडोलिडका लागि जाभी सान्चेजले ५६औँ मिनेटमा गोल गरे ।
अंकतालिकामा एट्लेटिको मड्रिड तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शीर्ष स्थान,दोस्रो स्थानमा रियल मड्रिड छ भने चौथो स्थानमा एथ्लेटिक क्लब र पाँचौँ स्थानमा भिल्लारियल रहेको छ ।