बन्दीपुरमा नयाँवर्ष रौनकः रैथाने खाना र महोत्वस सुरु

santan ads

नयाँलिपिः नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्धनमा आयोजित महोत्सवको मुख्यमन्त्री पाण्डेले आइतबार उद्घाटन गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्दै बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक दुईदेखि तीन लाख भित्र्याउने कार्यक्रम अन्तर्गत महोत्सव गरिएको जानकारी दिए ।

पर्यटकको सङ्ख्या वृद्धि गर्ते नेपाली नयाँ वर्षलाई मौलिकताका साथ मनाउन, रैथाने खाना कला संस्कृतिलाई संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

चार दिनसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Scroll to Top