फर्केर हेर्दा ०८१ः पूर्वराजाको सत्तामोह र रविको सहकारी प्रकरण बढी चर्चामा

santan ads

नयाँलिपि सम्वाददाताः वर्ष २०८१ आज रातिदेखि सकिँदैछ । इतिहास बनेको यस वर्षले पनि नेपालमा राजनीतिक अस्थिरतालाई रोक्न सकेन । अझ, कतै राजनीतिक उथलपुथल हुने त होइन भन्ने आशंकामा देशलाई रनाहामा पारेर वर्षले बिट मार्ने तरखर गरेको छ ।

वर्ष ०८१ मा राजनीतिकमात्रै हैन विपद् र आर्थिक अस्पष्टताले मुलुकलाई कहि नपुग्ने सूचकमा डो¥याएको प्रष्ट देखिन्छ । सत्तामा देखिएको हठात् परिवर्तन र पूर्वराजाको समर्थनमा ज्यानै जाने गरी भएको प्रदर्शनले आउने वर्षलाई पनि निराश बनाउने पक्कापक्की छ ।

यसैबीच, छोटो समयमा उदाएर चौथो दल हुँदै सत्तामा पुग्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारी प्रकरणले निम्त्याएको संकट कहालीलाग्दो देखिएको छ ।
त्यस्तै, रास्वपा सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीले समाजको जरोलाई हल्लाई दिएको छ ।

वर्षको अन्त्यमा वीरगञ्जमा हिन्दू–मुस्लिमबीच दंगा भड्कने खतरा बढेको छ । स्थानीय प्रशासनले कफ्र्यू लगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।

यसवर्ष चर्चामा रहेका केही राजनीतिक घटनाक्रमः

वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा ९एमाले०का सुहाङ नेम्वाङ विजयी ।

वैशाख २७ गते– नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।

जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।

जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।

जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।

असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।

असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।

असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।

असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।

असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।

साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।

साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।

साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।

भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।

पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।

चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।

चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यू आदेश ।

चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।

चैत २९ गतेः राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउ ।

चैत ३१ गतेः वीरगञ्जमा हिन्दू–मुस्लिम दंगा भड्कने सक्ने भन्दै कफ्र्यू आदेश ।

अपराधका ७ कारवाहीः

वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद

वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।

जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ 

कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।

कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।

चैत ५ गते– काठमाडौँको टोखाबाट करिब रू २५ करोड बराबरको विदेशी मुद्रा बरामद ।

तस्बिरः सीएनएन/एजेन्सीको सहयोगमा

Scroll to Top