मुख्यमन्त्री पाण्डे भन्छन्ः –‘नेपालमा राजसंस्था पूनःस्थापना हुन सक्दैनन्’

santan ads

नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा राजसंस्था पुर्नस्थापना हुन नसक्ने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले व्यास नगरपालिकाकाको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार दमौलीमा गरिएको कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

राजसंस्था हुनु भनेको मुलुकलाई अझै पछाडी धकेल्ने भएको बताउँदै उनले २४० वर्षसम्म राजाको शासन हेरेको जनताको अवस्था परिवर्तन नभएको दाबी गरे ।

देशमा प्रजातन्त्र पुर्नस्थापना हुनु अघि सम्म त्यतिबेला टुकी बाल्नु परेको, तीन घण्टा हिँडेर विद्यालय जानु पर्ने, खानेपानीको अभाव, उपचार नपाएर अकालै ज्यान जाने जस्ता समस्या उल्लेख गर्दै राजाको पालामा विकास भयो भन्नु गलत भएको पाण्डेको जिकिर छ ।

कोठामा बसेर सिमित व्यक्तिहरूबिच छलफल गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको नभई लामो सङ्घर्षले स्थापना भएको पाण्डेले जनाएका छन् ।

जनताको लामो सङ्घर्ष, ठुलो त्याग र सङ्र्घष र बलिदानीबाट सङ्घीयता आएको उनको भनाइ थियो । सबै राजनीतिक विचार भएका दलहरूको सहमतीमा गणतन्त्र आएकोले सबैले अपनत्व गरेको पाण्डेले बताए ।

गणतन्त्र आउनु अघि जनतासँग सरकारको पहुँच नभएको ठोकुवा गर्दै मुख्यमन्त्री पाण्डेले बजेट माग्न सिंहदरबार धाउनु पर्ने बाध्यताको अन्त्य प्रदेश सरकारले गरेको जनाएका छन् ।

सडक, घरघरै खानेपानी, बिजुली, अस्पताल गाउँसम्म पुर्‍याउने काम भइरहेको मुख्यमन्त्री पाण्डेले जनाएका छन् ।

Scroll to Top