पूर्वराजा दण्डको भागिदार हुनुपर्छः एमाले उपाध्यक्ष पोखरेल

santan ads

नयाँलिपिः नेकपा एमाले कास्कीले आज पोखरामा गणतान्त्रिक व्यवस्थाको पक्षमा जागरण सभाको आयोजना गरेको छ ।

सभाको उद्घाटन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनामा व्यवस्थामाथि बाराम्बार प्रहार भइरहेको बताउँदै अराजक काम गरेको उल्लेख गरेका छन् ।

‘पूर्वराजाका पछिल्ला गतिविधि गणतन्त्र विरोधी हर्कत हुन्’ उपाध्यक्ष पोखरेलले भने ‘आवश्यक छानबीन गरी नागरिककै हैसियतमा दण्डको भागीदार बनाइने छ ।’

काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा शाह भएकाले उनीमाथि कारवाही गरिने उनको दाबी छ ।

देशलाई द्वन्द्वतर्फ लैजान शाहको भूमिको भएको बताउँदै उनले भने ‘‘ हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको कामको योजनाकार पूर्वराजा ज्ञानेन्द्र हुन् ।’

राजतन्त्र ढालेपछि नागरिकको जीवनस्तर उकासिन थालेको दाबी गर्दै पोखरेलले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने उल्लेख गरे ।

सभामा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापालगायतले एमाले कास्कीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाकाखातिर जागरण सभाको आयोजना गरेको बताए ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गरेका थिए ।

Scroll to Top