पोखरामा ‘प्रथम एलिट भलिबल कप’ सुरु

santan ads

पोखरा । पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा,३ नदिपुरमा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे ।

पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए ।

एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३-२ को सेटले पराजित गर्न सफल भयो । महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले जानकारी दिइन् ।

Scroll to Top