भूपुको मासिक दौडमा एन्जिला र मनिष विजयी

santan ads

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र/छात्रा दौडमा एन्जिला जिटी र मनिष शाही विजयी भएका छन् ।

पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष विजयी भएका हुन् ।

चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२.२ सेकेण्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पुरा गर्न ३३ मिनेट ४४.२ सेकेण्डको समय खर्चिन ।

त्यस्र्तै एसओसकी सारिका थापा तेस्रो, महेन्द्र माविकी रोजिना थापा चौथो र पोखरा युनाइटेडकी अम्विका पोख्रेल पाँचौ भइन् ।

यता छात्रतर्फ पहिलो भएका मनिषले १९ मिनेट ४२.५ सेकेण्डको समय लिए भने १९ मिनेट ५१.३ सेकेण्डको समय खर्चिदै रिलायन्स पब्लिकका प्रेम परियार, १९ मिनेट ५४ सेकेण्डको समय लिएका गौरी शंकरका कुशल खत्री तेस्रो, विभुतीका अशिम सुनार चौथो र प्रगतीका समिर बरुवालले पाँचौ स्थान प्राप्त गरे ।

यस्तै ८ देखि १२ वर्ष उमेर समुह ३ किमि छात्रातर्फ महेन्द्र माविकी प्रमिशा भण्डारी पहिलो, स्नेहा बस्नेत दोस्रो, पोखरा एकेडेमीकी विपशना बस्नेत तेस्रो, निशा केसी चौथो तथा सिम्रन केसीले पाँचौ स्थान हात पारिन् ।

सोही समुहको छात्रतर्फ पोखरा क्रिकेट एकेडेमीका अदिप जङ्ग कुंवर पहिलो, महेन्द्र माविका विशाल थापा दोस्रो, मेघराजका सहनशिल क्षेत्री तेस्रो, कोपिला चिल्डे«नका सुवास रावत चौथो र सुमन पौडेलले पाँचौ स्थान हात पारे ।

विजेता खेलाडीहरुलाई पोखरा २० का अध्यक्ष गंगा बहादुर खत्री, वडा सदस्य रुपा नेपाली, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, मञ्चका सचिव महेश पौडललगायतले मेडल, प्रमाणपत्र र पुरस्का वितरण गरेका थिए ।

Scroll to Top