युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा लियोन र म्यानचेस्टर युनाईटेड खेलेको छ । गए राति भएको खेल २-२ गोलको बारबरीमा सकिएको हो ।
खेलको २५औँ मिनेटमा लियोनले म्यानचेस्टर युनाइटेडविरुद्ध अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा म्याचेस्टर युनाइटेडले बराबरी गोल फर्कायो । खेलको ८८औँ मिनेटमा म्यानचेस्टर युनाइटेडले गोल गर्दै २-१ को अग्रता लियो । तर, खेलको इन्जुरी समयमा लियोनले बराबरी गोल फर्काएसँगै खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
त्यस्तै लिगअन्तर्गतकै क्वाटरफाइनलको पहिलो लेगमा रेन्जर्स र एथ्लेटिक क्लबबीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ । क्वाटरफाइनलकै पहिलो लेगको अर्को खेलमा पनि टोटनहाम र अइनट्राच्ट फ्र्याङ्फर्टबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ ।