हेटौडा ‘तेस्रो एबिसी भेट्रान्स कप’ च्याम्पियन

santan ads

पोखरा ।हेटौंडा ‘तेस्रो एबिसी भेट्रान्स ४५ प्लस एट ए साइड भेट्रान्स कप’ को च्याम्पियन बनेको छ ।

बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यस्तै दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए ।

त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ, पोखरा १० का सदस्य परमेश्वर बहादुर कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए ।

Scroll to Top