पाेखराकाे पृथ्वीचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शिवराजको मृत्यु

santan ads

नयाँलिपि ।पोखरा महानगरपालिका–९ पृथ्वीचोक नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको हो।

स्कुटरमा सवार पोखरा चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए। उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

उक्त स्कुटरकी चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

– सांकेतिक तस्बिर

Scroll to Top