पोखरा । पोखरा रंगशालामा जारी तेश्रो एबिसी भेट्रान्स ४५ प्लस एट–ए साइड फुटवल प्रतियोगिताको उपाधीका लागि हेटौडा भेट्रान्स र रुपन्देही ११ भिड्ने भएको छ ।
बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा हेटौडाले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरी दोश्रो सेमि फाइनलमा रुपन्देही ११ ले एसएनकेसीलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो ।
फाइनल खेल बिहीबार दिनको १ बजे हुनेछ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन भने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।