बन्दीपुरमा कुकुरलाई बन्ध्याकरण र रेबिजको खोप

santan ads

नयाँलिपिः बन्दीपुर गाउँपालिका, तनहुँले सामुदायिक तथा घरपालुवा कुकुरलाई निशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्ध खोप दिएको छ ।

पालिकाअन्तरगत दुई दिने कार्यक्रममा भाले ४५ र पोथी ४५ ओटा गरि जम्मा ९० ओटा कुकुरको बन्ध्याकरण गरिएको पालिकाले जनाएको छ ।

स्थानीयलाई कुकुरले टोकेर हुने प्राणघातक रोग रेबिजबाट बचाउन र कुकुरधनीहरुलाई आगामी दिनमा यसबारे चेतना जगाउँदै जिम्मेवार बनाउन उक्त कार्यक्रम सुरु गरिएको बताइएको छ ।

Scroll to Top