यस्तो पनि ! रिन नतिरेपछि सहकारीले ऋणीको ग्रह शान्ति गर्न लगायो पुराण

santan ads

काठेखोला (बागलुङ): बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ ।

सिवाइसी सहकारी बागलुङले मङ्गलबार सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यको ग्रहशान्ति गर्न र सदस्यलाई जागरुक बनाउन पुराण लगाएको हो ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगाएरै सचेत गराइएको बताउनुभयो । उहाँले सदस्यलाई जागरुक बनाउन सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको भन्दै आफ्नो सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले पछिल्लो समय सहकारीले गरेको राम्रो काम ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “नेपालमा ३२ हजार सहकारी संस्था छन् । जसमध्ये पाँच सयदेखि एक हजार सहकारी बिग्रेका होलान् ।

३१ हजार सहकारीले राम्रो काम गरिरहेका छन्,” अध्यक्ष शर्माले भन्नुभयो, “३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिँडेका छन् । हामीले नकारात्मक मात्र कुरा नगर्नूस् भन्न पुराण लगाएका हौँ ।”

सदस्यलाई जागृत गर्न सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको अध्यक्ष शर्माको भनाइ छ ।

उहाँले सहकारीले पनि सदस्यमैत्री भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सिवाइसीले सदस्य जागृत गर्न र ऋणीलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको शर्माको भनाइ छ ।

अर्जुन कार्की/रासस

Scroll to Top