चुनपहाराको ढुंगा खस्दा एक्स्काभेटर चालक गुरुङको मृत्यु

santan ads

शम्भु श्रेष्ठः पृथ्वीराज मार्ग पूर्वी खण्ड अन्तर्गत तनहुँकाे बन्दीपुर गाउँपालिका वडा नं ४ चुनपहरामा आज साँझ ढुङ्गा खस्दा एक्साभेटर चालक सुखबहादुर गुरुङको मृत्यु भएको छ ।

ग २ ०१३ नम्बरको एक्साभेटर मर्मत गर्नेक्रममा पहराबाट खसेको ढुंगाले लागेर अन्दाजी ४० वर्षीय गुरुङको मृत्यु भएको जनाइएको छ । चालक तनहुँ ब्यास नम्बर ७ निवासी हुन् ।

प्रहरीका अनुसार ढुङ्गा खसेर घाइते गुरुङ लाई डुम्रेस्थित मोदी मेडिकलमा प्रारम्भिक उपचार प्रस्ताव थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

तर उनको बाटोमै मृत्यु भएको प्रहरी चाैकी डुम्रेका प्रहरी नायब निरीक्षक शिवकुमार थापाले जानकारी दिए ।

गुरुङ चिनियाँ निर्माण कम्पनीमा कार्यरत रहेकाे बुझिएको छ ।

Scroll to Top