रेस्टुरेन्टपछि होटलतर्फ चिल्ली ग्रूप, ‘टेम्पल बेल’ उद्घाटन

santan ads

नयाँलिपिः पोखराको लेकसाइडमा रेष्टुरेन्ट व्यवसायमा परिचित चिल्ली ग्रूपले हालै बुटिक अवधारणामा होटल सञ्चालनमा ल्याएको छ ।

‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ नाम दिएको होटलको सफ्ट ओपनिङ् गरिएको छ । होटलका अध्यक्ष विश्वराज पौडेलकाअनुसार नेपाली नयाँवर्षलाई लक्षित गरी सफ्ट ओपनिङ गरिएको हो ।

करिब सवा अर्ब रुपैयाँको लागतमा निर्मित होटलको आन्तरिक साजसज्जामा पूर्णतः नेपालीपन दिएको बताउँदै अध्यक्ष पौडेलले होटलमा ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट रहेको जनाए ।

५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा छन् ।

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल उपलब्ध छ ।

त्यस्तै, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ ।

प्रबन्ध निर्देशक भिष्मराज पौडलकाअनुसार स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् ।

स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् भने प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

होटल लेकसाइडको स्ट्रिट नम्बर १७ मा अवस्थित छ ।

Scroll to Top