केपी ओली राष्ट्रिय टी २० : गण्डकी र हिमालयनको विजयी

santan ads

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए ।

मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हासिल गरेको छ ।

१६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल ग¥यो । हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिदौ क्याच आउट भए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दिपक बोहोरा १ रनमा क्याचआउट भए । खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए । हिमाल दुल्याल ५ र अभिषेक बुढायर ९ रनमा आउट भए । सोनु देवकोटा ३६ रनमा नटआउट रहे । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिपेश विष्ट शुन्यमै पेभिलियन फर्किए ।

प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट रहे । उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरे । ग्रेट हिमालयका लागि सन्दिप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान २÷२ तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले १÷१ विकेट लिए ।

त्यस अघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनायो । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए ।

दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लब माथि ४ विकेटको जित हासिल गरेको छ । १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पुरा ग¥यो । गण्डकीले उत्कृष्ट सुरुवात गरेको थियो ।

ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ३७ रनको योगदान दिदैँ बोल्ड आउट भए । उनले २० बलमा ७ चौका प्रहार गरे ।

दिपक डुम्रे १८ रनमा बोल्ड भए । सुजन थपलिया शुन्यमा एल्बी डब्लु आउट भए । बसन्त कार्की ९, अमिर गुरुङ ६ रनमा आउट भए । मिलन बोहोरा ५ र सुदिप अर्याल १ रनमा नटआउट रहे ।

चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधि ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनायो ।

गण्डकी हिरोजका लागि सुदिप अर्यालले २ तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित भए ।

Scroll to Top