पोखरा । पोखरा रंगशालामा जारी तेश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड राष्ट्रिय फुटवल प्रतियोगिताको क्वाटर फाइनल तर्फका खेलहरु सम्पन्न भएका छन ।
सोमबारदेखि जारी रहेको एबिसी कपमा मंगलबार क्वाटर फाइनल तर्फका ४ खेल सम्पन्न भएका हुन ।
मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा हेटौडाले एक्स वरियरलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गर्यो ।
उक्त खेलमा हेटौडाका विष्णु सुनुवार प्लेयर अफ दी म्याच घोषित भए । दोश्रो खेलमा चितवन भेट्रान्सले संगम भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो ।
उक्त खेलमा चितवनको तर्फबाट धर्मेन्द्र शाही र रविन्द्र श्रेष्ठले २–२ गोल गरेभने प्लेयर अफदी म्याच रबिन्द्र श्रेष्ठ घोषित भए ।
यस्तै एस.एन.के.सि भेट्रान निलोले ढोलाहिटी फ्रीडम फाइटरलाई १–० ले स्तब्ध पार्यो ।
ढोलाहिटी लगातार दुई पटकको च्याम्पियन टिम समेत हो । एस.एन.के.सि. को जितमा प्रकाश रानामगरले गोल गरे ।
उक्त खेलमा प्रकाश राना मगर प्लेयर अफ दी म्याच घोषित भए ।
त्यस्तै रुपन्देही ११ भेट्रानले बगर भाइखलकलाई १–० ले पाखा लगायो । रुपन्देहीको जितमा पुर्ण बहादुर लामाले गरेको एक गोलनै निर्णायक बन्न पुग्यो । खेलमा लामा प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने छन ।