नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा आमसभा गर्ने निर्णय गरेको छ ।
यसअघि राप्रपाले भृकुटीमण्डमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई पत्राचारमार्फत जानकारी गराएको थियो ।
तर जवाफमा प्रशासनले सुरक्षा संवेदनशीलता र यातायातको चापलाई हेर्दै सिफल वा बल्खुमध्ये कुनै एक स्थानमा सभा गर्न अनुमति दिएको थियो ।
अनुमतिपश्चात् राप्रपाले सभा गर्न बल्खु रोजेको छ ।
राजतन्त्र पुनर्स्थापनका लागि राप्रपाले बागमती प्रदेशस्तरीय आमसभा गर्न लागेको हो ।
यसअघि चैत १५ गते राजावादीलेहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
घटनामा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।