कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला हिजोदेखि सुरु भएको छ ।
‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।
गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको बताए ।
सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उनले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि जोड दिए ।
ग्रिन हिल क्लबका अध्यक्ष सुजन गुरुङ, नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतम, लगायतले बोलेका थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र सहित सम्मान गरिएको थियो । सोही अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दानगर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।
चैत २७ गतेसम्म चल्ने मेलामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता लगायत विभिन्न सांकृतिक कार्यक्रम हुने आयोजकले जनाइएको छ ।