केपी ओली टी–२० क्रिकेट जारी:काठमाडौं र हेटौडा विजयी

santan ads

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेटमा आइतबार दुई खेल सम्पन्न भएका छन ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित हासिल गर्दै सिइसी काठमाडौंले अगाडिको यात्रातय गरेको छ ।

१२७ रनको लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन पुरा ग¥यो ।

काठमाडौंका लागि दिपेन्द्र रावतले ४९ रनको योगदान दिदैँ क्याच आउट भए । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३८ रन बनाउँदै क्याचआउट भए ।

पृथु बास्कोटा २१ रनमा र अर्जुन घर्ति ७ रनमा नटआउट रहे । पृथुले १४ बलमा १ चौका २ छक्का प्रहार गरे भने अर्जुनले २ बलमा १ छक्का प्रहार गरे ।

स्याङजाका लागि अस्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिए ।

त्यसअघि टस जितेर व्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो ।

ओपनर करण पंगेनी १४ रनमा आउट भए । १४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

इश्वर क्षेत्रीले ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मिलन क्षेत्री ३, विशाल कोइराला १७, सन्दीप खत्री क्षेत्री १, सुजन गौतम ११, अस्विनि राना २ रनमा आउट भए ।

किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नटआउट रहे । काठमाडौका लागि दिपेन्द्र रावतले ४ ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यानअफ दी म्याच घोषित भए ।

यस्तै मनोज यादव, युनिश विक्रम सिंह र सुर्य तामाङले समान १/१ विकेट लिए ।

सोही समुहको अर्को खेलमा हेटौंडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ४ विकेटले हरायो । ७२ रनको सामान्य लक्ष्य पाएको हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाउदै पूरा ग¥यो ।

भोलिसमूह ‘ए’ तर्फ पोखरा महानगरपालिका र काठमाडौं तथा सोहि समूहको हेटौडा र स्याङ्जा बिच खेल हुनेछ ।

Scroll to Top