रास्वपाले चितवनबाट सुरु गर्‍यो ‘जनयात्रा’

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउपछि पनि ‘जनयात्रा’ शुभारम्भ गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो ।

पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् ।

उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् । आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो ।

लामिछाने शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उहाँ अहिले प्रहरीको हिरासतमा छन् ।

लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

उनले सेखी झार्ने र बदल लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको जिकिर गरेका छन् ।

’यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ,’ उनले भने ।

Scroll to Top