क्रिश्चियन बनेपछि मन्दिरमा पिशाब छर्कदै हिँड्ने महिला पक्राउ

santan ads

नयाँलिपिः नेपाल प्रहरी वृत्त स्वयम्भु, काठमाण्डौंले महानरपालिका वडा १७ धोबीचौर बस्ने ६१ वर्षीया मिठु तिवारी गर्ताैलालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्तका अनुसार धर्म परिवर्तन गरी क्रिश्चियत भएकी गर्ताैलाले विभिन्न मन्दिरमा मानव पिशाब छर्केको बताएको छ ।

मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्‍वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्तभएपछि उनको खोजी सुरु भएको थियो ।

सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्‍वर मन्दिरमा आई पिसाब छर्केको खुलेको प्रहरीले बताएको छ । उनलाई चैत २१ गते पक्राउ गरिएको हो ।

उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्‍वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्‍वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो ।

उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ ।

Scroll to Top