औषधि व्यवसायीले ल्यायो क्यालेन्डर, बाँड्यो शुभकामना

santan ads

नयाँलिपिः नेपाल औषधि व्यवसायी संघ, कास्कीले आज पोखरामा नयाँ वर्ष २०८२ को क्यालेन्डर विमोचन गरेको छ ।

उक्त अवसरमा संघका केन्द्रिय थोक उपाध्यक्ष टंकप्रसाद अधिकारीले राज्यले औषधि व्यवसायीाई विभिन्न बहानामा दुख दिइरहेको औंल्याए ।

अधिकारीले भने ‘राज्य सँधै व्यवसायीमाथि निर्मम भइरहने हो भने आन्दोलनको विकल्प छैन, तपाइहरुलाई आन्दोलनकालागि तयार रहन आग्रह गर्दछु ।’

नेपाल औषधी व्यबसायी संघ कास्कीका अध्यक्ष धिरज गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर केसीले नगरपालिकाले करस्वरुप लिने ५ हजार रुपैयाँ महंगो भएको प्रतिक्रिया दिँदे घटाउनुपर्नेमा जोड दिए ।

विमोचनमा स्वागत मन्तव्य राख्दै संघका कास्की कोषाध्यक्ष विक्रमराज पहारीले क्यालेन्डरमा आगमी वर्षको तिथिमितिमात्र नभएर व्यवसायसम्बद्ध विविध सूचना रहेको जानकारी गराए ।

कार्यक्रममा गण्डकी अध्यक्ष केशव तिवारी, निवर्तमान उपाध्यक्ष झलक शर्मा, पिडान अध्यक्ष हिमलाल काफ्लेलगायतले नयाँ वर्षको शुभकामना बाँडेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन महासचिव अमृत थापाले गरेका थिए ।

Scroll to Top