नेपाल सुपर लिग : जेब्रिनको निर्णायक गोलले चितवन विजयी

पोखरा । एनसेल नेपाल सुपर लिग २०२५ अन्तर्गत आज शुक्रबार साझ भएको खेलमा एफसी चितवनले विजयी भएको छ । एफसी चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा चितवनले अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोली गोलरहित बराबरीमा रहे।

तर, अतिरिक्त समयमा टोर्रिक जेब्रिनले डिबक्स भित्रबाट गरेको प्रहार डिफेन्डरलाई लागेको थियो । सोही रिबाउण्ड भएको बललाई उनले नै लेफ्ट लेगले गरेको प्रहार सेकेण्डबार हुदै जाली चुमको हो ।

जेब्रिनको निर्णायक गोलले चितवनलाई ३ अंक दिलाए। चितवन आजको जित संगै ६ अंकको साथ शिर्ष स्थानमा रहेको छ । चितवनले पहिलो खेल पोखरा थन्र्डसलाई पराजित गरेको थियो ।

भोलि दुई खेल हुनेछ । पहिलो खेल पोखरा र काठमाडौ रेर्जसबिच तथा दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसी बिच हुने तालिका रहेको छ ।

Scroll to Top