पोखरामा शनिबारदेखि केपी ओली कपः १६ टिम, विजेतालाई १० लाख

नयाँलिपिः प्रधानमन्त्री केपि शर्मा ओलीको नामबाट हुँदै आएको ‘केपी ओली कप टि–२० पुरुष क्रिकेट’ भोली शनिबारदेखि पोखरामा सुरु हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गर्दै आएको दोस्रो संस्करणमा १६ टिमले सहभागिता जनाउनेछन् भने पहिलो हुने टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

पोखरा रङ्गशालामा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा रहेका टिमले एकअर्कासँग एकरएक खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा सीइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी छन् । समूह ‘बी’ मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छन् ।

यसैगरी समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन् । समूह ‘डी’ मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी छन् । खेल ‘लिग कम नक आउट’ का आधारमा हुनेछ ।

त्यस्तै, ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण विजेता मधेश प्रदेश रहेको छ ।

–फाइल फोटो

Scroll to Top