सहकारी मुद्दापछि पनि मेरा विरुद्ध थप षडयन्त्र हुँदैछः अध्यक्ष लामिछाने

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको षड्यन्त्रको सिलसिलालाई निरन्तरता दिएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले सम्बोधन गर्दै भने, “पाँच महिनाअघि सरकारले झुठा मुद्दा लगाएर मलाई पक्राउ गरेको थियो, र अहिले पनि सरकार मेरो विरोधमा षड्यन्त्र गर्दैछ।“ उनले आफू जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए ।

लामिछानेले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सरकार बन्ने सम्भावना समाप्त भएको उल्लेख गरे । “यो सरकार राम्रो गर्नको लागि होइन, आफूलाई बचाउन बनेको हो,“ उनले भने ।

सरकारले आफूलाई डराउने प्रयास गरे पनि लामिछानेले भने, “सरकार मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु ।” उनले थपे, “लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी म होइन।”

जनतामा आक्रोश आएको बताउँदै लामिछानेले उक्त आक्रोशको ध्यानमा राखेर परिवर्तनको आवश्यकता रहेको बताए । साथै उनले आफ्नो पार्टीले घण्टी बजाएर संसद्मा २१ जना सांसद आउँदा पनि सरकार नचेतेको टिप्पणी गरे ।

Scroll to Top