बाजुरा । बाजुरामा चितुवाको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा आइतबार साँझ चितुवाले आक्रमण गर्दा ८ वर्षीय विजय रावतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। घटनास्थलमै उनको ज्यान गएको हो। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।सांकेतिक तस्विर