भोलि सार्वजनिक बिदा

नयाँलिपी । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र को अवसरमा भोलि चैत्र १८ गते, सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार इस्लाम समुदायको पर्वका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको उल्लेख छ।

Scroll to Top