नयाँलिपिः चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनाको अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ५ दिनको मयाद थप गरिएको छ ।
उनीहरुलाई बयान पछि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंले ५ दिनको म्याद थप गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा आजै उपस्थित गराइएको थियो । चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा एभिन्यूजका खबरकर्मी सुरेश रजक सहित २ जनाको ज्यान गएको थियो ।
त्यस घटनाको अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो । यसैगरी यो घटनामा आरोपित रहेका अन्य ४०जनालाई पनि म्याद थप गरिएको छ ।
अधिवक्ता स्वागत नेपाल लगायत केहीलाई भने हाजिरी जमानीमा छाडिएको छ ।