नयाँलिपिः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बीमा रिफन्डमा घोटाला भएको पुष्टी भएको छ ।
बीमा रिफन्डमा गडबडी भएको आशंकामा शाखा अधिकृत सुशीलकुमार अर्यालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको थियो । जसले चैत १ गते बुझाएको प्रतिवेदनअनुसार अस्पताललाई ५० लाख रुपैयाँ घाटा लागेको बताइएको छ ।
समितिले बुझाएको प्रतिवेदनउपर प्रतिष्ठानको कार्यकारी परिषद्ले यही १५ गते उक्त घोटाला भएको बताएको छ ।
प्रतिवेदनअनुसार, साउनयता बिमा गरेका बिरामीहरूले तिरेको १० प्रतिशत शुल्क काउन्टरका कर्मचारीहरूले बिरामीलाई फिर्ता दिएको देखाइएपनि स्वयंले हिनामिना गरेको पाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानकाअनुसार दोषिलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया सुरु गरिनेछ ।