शुक्रबार भएको राजावादी प्रदर्शनले हिंसात्मक रूप लिएपछि फरार रहेका दुर्गा प्रसाई भिडियोमार्फत सार्वजनिक भएका छन्।
भिडियोमा उनले आफुलाई गोली हान्ने सरकारको योजना चाल पाएपछि सम्पर्कविहीन हुनुपरेको बताएका छन्।
आफु देश छाडेर नभाग्ने भन्दै काठमाण्डौकै मन्दिरमा बसेको बताए। राज्यले २ जनाको ज्यान लिएको बताउँदै उनले शान्तिपूर्ण आन्दोलनमा राज्यले हिंसा मच्चाएको आरोप लगाएका छन्।