एनएसएल फुटबल : आज बुटवल र झापा भिड्ने

santan ads

काठमाडौं– तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच भिड्न्त हुनेछ । खेल आज साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन् ।

हिजो सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ को बराबरी भएको थियो।
पहिलो संस्करणको एनएसएल उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।

Scroll to Top