नयाँलिपिः राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई आज म्यादथप गर्न काठमाण्डौं जिल्ला अदालत पेश गरिँदैछ ।
‘राज्यविरुद्धको अपराध कसुर’मा उनीहरुसहित ९ जनालाई अदालत पेश गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडा लगायत ९ जनालाई अदालत पेश गर्न लागिएको हो ।
प्रहरीका अनुसार उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दासमेत लगाउने तयारी छ ।