म्यान्मारमा शक्तिशाली भुकम्प, ३० तले भवन ढल्दा ४३ फसे

santan ads

एजेन्सीः म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको बताएका छन् ।

स्थानीय समय अनुसार दिउँसो १ः३० बजे गएको भूकम्पले ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।

थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।

तस्बिर स्रोतः एनपीआरडटओआरजी

Scroll to Top