नयाँलिपिः काभ्रेमा बुबाले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका–४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी बालीका समीक्षा बरालको मृत्यु भएको हो ।
उक्त गाडी उनका बुबा सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका–१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।
समीक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालीकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।