एजेन्सी । अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै २०२६ को विश्वकपमा छनौट भएको छ ।
आफ्नै घरेलु मैदानमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, इन्जो फेर्नानडेज, एलेक्सिस म्याक अलिस्टर र गिउलियानो सिमोनेले एक एक गोल गरेका थिए ।
खेलको चौथो मिनेटमै अल्भारेजको गोलमा शुरुवाती अग्रता लिएको अर्जेन्टिना घरेलु दर्शकका अगाडी ब्राजिलमाथि पुरै खेलमा हावी भएको थियो ।
ब्राजिलका लागि एक गोल माथेस चुन्हाले फर्काएका थिए ।
यो जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भएको छ ।
अर्जेन्टिनाको १४ खेलमा ३१ अंक रहेको छ र शिर्ष स्थानमा छ । त्यस्तै ब्राजिलको भने छनौट खेलमा यो पाचौं हार हो ।
ब्राजिलको १४ खेलमा २१ अंक रहेको छ र हाल चौथो स्थानमा छ ।
दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपमा ६ देशले सिधै छनौट हुने अवसर पाउने छन् भने एक देशले इन्टर कन्टिनेन्टल प्ले अफ खेल्न पाउने छ ।