नेपाल विद्युत प्राधिकरण : कुलमान ‘आउट’, हितेन्द्र ‘इन’ 

santan ads

नयाँलिपि:सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिषिङलाई आउट गरेको  छ । उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कुलमानले दिएको स्पष्टीकरण चित्त नबुझेको र कार्यसम्पादन मूल्यांकनबाट सरकार सन्तुष्ट नरहेकोले उनलाई हटाउने निर्णय भएको बताईएको छ । 

हितेन्द्र यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक थिए ।

तर, शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले हितेन्द्रलाई २०७८ साउनमा हटाएर कुलमानलाई पुन: कार्यकारी निर्देशक बनाएको थियो।

त्यसविरुद्ध हितेन्द्र रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतमा झन्डै चार वर्षसम्म सुनुवाइ भएको थिएन ।

सर्वोच्चले सुनुवाइ नगरेपछि शाक्य अदालतबाट न्याय नपाई गत महिना अवकाशमा गएका थिए ।

Scroll to Top