मुग्लिङ–पोखरा सडक विस्तारमा प्रगति, ८१ प्रतिशत काम सकियो

santan ads

नयाँलिपिः मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ ।

काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८०.९५ प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन कालोपत्रे भएको हो ।

इन्जिनियर पाण्डेले भने, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दुरी कालोपत्रे भएको छ ।”

पाण्डेका अनुसार कालोपत्रे गरिएको ७३.११ किलोमिटरमध्ये ५९ किलोमिटरमा अन्तिम कालोपत्रे (डबल लेयर) सकिएको छ । पूर्वी खण्ड अन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्रे सुरु भएको छ ।

दमौलीस्थित व्यास नगरपालिका–२, बागबजारमा एकतर्फी कालोपत्रे सकेर अर्कोतर्फ कालोपत्रेका लागि सडक सम्याउने काम भइरहेको छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

Scroll to Top