कालीगण्डकीमा बेपत्ता भए भारतीय नागरिक

santan ads

नयाँलिपिः पाल्पाको बगनासकाली–५, राम्दीस्थित कालीगण्डकी नदीमा डुबेर एक जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

नेपालमा घुम्न आएका भारतको उत्तर प्रदेश गोरखपुर जिल्लाका २५ वर्षीय शिवम पाण्डे राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता भएका पाण्डेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाण्डेसहित भारतबाट घुम्न आएका अन्य तीन जना सकुशल रहेका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

Scroll to Top